Toll Free: 18105000033 info@muktinathkrishi.com

अत्याधुनिक कृषि यन्त्रको प्रयोगबाट किसानहरुलाई खेतीपातीमा सहज

अत्याधुनिक कृषि यन्त्रको प्रयोगबाट किसानहरुलाई खेतीपातीमा सहज

  कैलालीको भजनी नगरपालिका वडा न. १ का जीत राम चौधरीको पुर्ख्यौली पेसा कृषि हो । अहिले उनी पनि कृषि पेसालाई नै निरन्तरता दिइरहेका छन् । १० बिघा कृषि योग्य जमिन रहेका चौधरीले नौ बिगाहा जमिनका धान र गहुँ खेती गर्दै आएका छन् । बाकि एक बिघामा तरकारी खेती पनि गरिरहेका छन् । जसबाट उनले वर्षमा राम्रो आम्दानी गरिरहेका हुन्छन् ।  विगत लामो समय देखि कृषि गरी रहेका चौधरीले परम्परागत कृषि औजार देखि आधुनिक उपकरणहरू पनि प्रयोग गर्दै आएका छन् । जसले उनको कामलाई थप सरल र सहज बनाउने गरेको छ । तर आफ्ना बाउ बाजे हरूले प्रयोग गरेका कृषि औजारले अहिले धान र गहुँ खेती गर्न भने सहज नभएको उनी सुनाउँछन् ।  जीत राम भन्छन् ‛अब पहिले हाम्रा बुवा बाजेले जे सामानहरूले कृषि पेसा गरे अब त्यो हामी गर्न सक्दैनौ । अहिले त प्रतिस्पर्धाको जमाना छ । बजारमा विभिन्न आधुनिक कृषि उपकरणहरू पाइन्छन् । जसले आधुनिक उपकरणहरू प्रयोग गरेर कृषि गर्छ उसैको फसल बढी हुन्छ । काम पनि छिटो हुन्छ ।’  Read More